97.The Power, Fate

  1. हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
  2. र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
  3. शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
  4. यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
  5. यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।