96.The Clot

  1. आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
  2. जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
  3. तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
  4. जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
  5. जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
  6. तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
  7. यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
  8. यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
  9. के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
  10. (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
  11. तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
  12. वा संयमित रहनुको आदेश दिन्छ भने ।
  13. अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
  14. त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
  15. निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
  16. यस्तो टाउको जो झूठो अपराधी छ ।
  17. यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
  18. हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
  19. खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।