95.The Fig

  1. इंजीरको कसम र जैतूनको ।
  2. र तूरे सीनीनको ।
  3. र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
  4. हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
  5. फेरि निकृष्टतम दशातिर फर्कायौं ।
  6. तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
  7. अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
  8. के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन