94.The Consolation

  1. के हामीले तिम्रो छाती खोलिदिएनौं
  2. र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
  3. जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
  4. र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
  5. निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
  6. निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
  7. जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
  8. र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।