93.The Morning Hours

  1. सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।
  2. र कसम छ, रात्री को जब छाउँछ ।
  3. तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
  4. निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
  5. तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
  6. के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
  7. र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
  8. र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
  9. तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
  10. र माँग्नेवालालाई हप्काउने नगर्नु ।
  11. र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।