92.The Night

  1. रात्रीको कसम, जब ढाक्छ ।
  2. र दिनको कसम, जब कि चम्किन्छ ।
  3. र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
  4. निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
  5. तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
  6. र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
  7. त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
  8. तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
  9. र असल कुराको उपहास गर्यो ।
  10. त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
  11. त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
  12. निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
  13. र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
  14. मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
  15. जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
  16. जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
  17. र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
  18. जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
  19. र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
  20. बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
  21. निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।