91.The Sun

  1. सूर्यको कसम र त्यसको तापको ।
  2. र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
  3. र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
  4. र रातीको कसम जब उसलाई लुकाउँछ ।
  5. आकाश र त्यसलाई बनाउनेको कसम ।
  6. कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
  7. कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
  8. फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
  9. जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
  10. र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
  11. समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
  12. जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
  13. (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
  14. तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
  15. उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।