तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
र धनसित अत्यन्त प्रेम गर्दछौ ।
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
र हे सन्तुष्ट आत्मा ।
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।