88.The Overwhelming

  1. के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ
  2. त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
  3. कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
  4. उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
  5. उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
  6. उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
  7. जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
  8. त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
  9. आफ्नो प्रयासमा प्रसन्न ।
  10. उच्च र शानदार स्वर्गमा हुनेछन् ।
  11. जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
  12. त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
  13. र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
  14. (प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
  15. र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
  16. र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
  17. के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
  18. र आकाशतिर के कस्तो उच्च गरिएकोछ
  19. र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
  20. र धरतीतिर कि कसरी बिछाइएको छ
  21. तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
  22. तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
  23. हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
  24. त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ
  25. निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
  26. अनि हामीले नै उनको हिसाब लिनेछौं ।