87.The Most High

  1. (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
  2. जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
  3. र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
  4. र जसले वनस्पति उमार्यो ।
  5. अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
  6. हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
  7. तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
  8. हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
  9. अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
  10. त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
  11. हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
  12. जो ठूलो आगोमा पर्नेछ ।
  13. अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
  14. निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
  15. र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
  16. तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
  17. जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
  18. निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
  19. अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।