86.The Morning Star

  1. कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
  2. र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
  3. त्यो तारा हो, चम्किलो ।
  4. कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
  5. मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
  6. त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
  7. जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
  8. निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
  9. जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
  10. त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
  11. आकाशको कसम जसले वृष्टि गर्दछ ।
  12. र धरतीको कसम जुन च्यातिनेवाला छ ।
  13. कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
  14. त्यो कुनै ठट्टा होइन ।
  15. उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
  16. र मैले पनि एउटा चालचली राखेको छु ।
  17. अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।