107.Almsgiving

  1. तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
  2. उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
  3. र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
  4. अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
  5. जो आफ्नो नमाजप्रति असावधान छन् ।
  6. जसले आडम्बरका काम गर्दछन् ।
  7. र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।